कपिलवस्तुका सामुदायिक वनमा करोडाैं काे अनियमितता

कपिलवस्तु २२ साउन।
कपिलवस्तुको बुद्धभुमि नगरपालिका वडा नम्बर ९ गब्दहवा स्थित बुद्ध यशोधरा सामुदायिक वनमा १ करोड बढी आर्थिक अनियमितता भएको अरोप लागइएको छ । सामुदायिक वनका पदाधिकारीहरुको मिलेमतोमा ३ बर्षको अवधिमा बिभिन्न शीषर्कक गरी १ करोड बढी अनियमिता गरिएको वनका उपभोक्ताहरुले अरोप लगाएका हुन । सामुदायिक वनको लेखा परिक्षण रिपोर्टमा देखाइएको खर्च अनुसार एक करोड बढी अनियमिता भएको स्थानीय उपभोक्ता राम किशोर थारुले बताए । सामुदायिक बनका अध्यक्ष गिरिधारी थारु, उपाध्यक्ष इन्द्राावति थारु, सचिव शुसिला बिष्ट, कोषाध्यक्ष शसि अधिकारी सदस्य सुकैया थारु लगायतका पदाधिकारी मिलेर आर्थिक अनियमिता गरेका उनले बताए । आर्थिक वर्ष २०७४।७५, २०७५।७६ र ०७६।७७ मा सामुदायिक वनले गरेको अडिट रिपोर्ट अनुसार केही शीर्षकमा कामै नगरीसार्मुा खर्च देखाइएको उनले बताए । स्थानिय उपभोक्ताहरुले आम भेलामार्फत आय व्यय आम भेलामा सार्वजनिक गर्न माग गरेका छन । बुद्ध यशोधरा सामुदायिक वन समितीले विभिन्न शिर्षकमा फर्जि बिल बनाई अनिमितता गरेको भन्दै उपभोक्ताहरु विरोधमा उत्रिएका छन । सो वन क्षेत्रमा पर्ने गब्धाहवाको १७ सय मिटर बाटो गब्धाहवा खोला ठेकेदार राजु खडकाले १५ लाख खर्च गरेर बनाएको बताए । तर सामुदायिक वनले सोही बाटो निर्माणमा २४ लाख बढी खर्च गरेर देखाएका छन । अर्का उपभोक्ता दिपक बेल्बासेले खर्च र्नै नभएको कुराहरुलाई मिलेमतोमा अडिट रिपार्टमा देखाइएको बताए । ‘ खर्चको हिसाब किताब देखाउन भन्दासमितले आलटाल गदैृ आएका छन ’ उनले भने । वनमा स्थानीय पहरा थारु र जय मंगल थारुलाई मासिक ५ हजार तलब दिने गरी राखिएको छ तर समितिले दुबैलाइृ मासिक १२ हजार तलब दिने गरको देखाइएको छ । जय मंगल थारुले आफुले मासिक ५ हजारका दरले मात्र पाउने गरेको बताए । यस्तै वनमा परशेशीनी थारुलाई कार्यालय सहयोगीकारुपमा मासिक १२ हजार तलब दिने गरी राखिएको छ । तर उनले मासिक ६ हजार मात्र पाउने गरको बताईन । माटो पटान, फायर लाईन निर्माण, सालको बिउ रोपाई झाडी सफाई, प्लट सफाई, बाटो ग्रेभल, कटान मुछान खर्च लगायतका शीर्षकमा ब्यापक अनियमता भएको उपभोक्ताहरु बताउछन । अनियमिताका बिषयमा स्थानीय उपभोक्ताहरु बिरोधमा उत्रेका छन । खर्चकोे हिसाब दिन आनाकानी गरीरहेको स्थानीय दीपक बेल्बासेले बताए । ‘ हामीलाई समितिका पदाधिकारीले मिल्न मात्र भन्छन, हिसाब किताब देखाउदैनन ’ उनले भने । सामुदायिक वनमा एक करोड बढी अनियमिता भएको भन्दै ५० बढी उपभोक्ताहरुले सही गरी अख्तियारमा उजुरी समेत हालेका छन । उता सामुदायिक वनका अध्यक्ष गिरीधारी थारुले आफनो सामुदायिक बनमा अनियमतिा नभएको दाबी गर्छन । उनले खर्चको हिसाब भेलामा देखाउने बताए । तर महिना दिन दखि उपभोक्ताहरुले हिसाबम माग गरे पनि उनले भेला भने बोलाउन सकेका छैन । वनमा कोषाध्यक्ष शशी अधिकारकिो हालीमुहाली चल्ने गरेको उपभोक्ताहरु बताउछन । गौतम बुद्ध सामुदायिक वन डिभिजन कार्यालयका निमित्त प्रमुख शिव शंकर प्रसादले बुद्ध यशोधरा सामुदायिक वनको आथिृक अनियमितताका बिषयमा कार्यालय कुनै उजुरी नपरेको बताए। उनले उजुरी परे छानबिन गरिने उनले बताए ।
अनियमिता भएका शीषर्कहरु
आर्थिक वर्ष २०७४।०७५ मा वन हेरालुको तलब खर्च ८ लाख ६४ हजार, कार्यालय सहयोगी खर्च १ लाख ४४ हजार, सालको विउ रोपाई खर्च १ लाख ५१ हजार ५ सय, काठ दाउरा संकलन खर्च २३ लाख ४८ हजार २ सय २५, काठ दाउरा संकलन भुक्तानी दिनुपर्ने रकम खर्च १२ लाख १९ हजार ९ सय ८०, फायरलाईन सफाई ४ प्लट खर्च ६ लाख ३५ हजार, प्लट सफाई खर्च ७ लाख २९ हजार, बाटो ग्राबेल खर्च ८ लाख ९६ हजार, माटो पटान खर्च १ लाख ९१ हजार ७ सय लगाएतका शिर्षकहरुमा भएको खर्च बढी देखाई रकम अनियमितता गरेको स्थानिय उपभोक्ताहरुले बताएका छन ।
आर्थिक वर्ष २०७५।०७६ मा बाटो निर्माणका लागि २४ लाख ८२ हजार ३ सय १०, वन हेरालुको तलब खर्च ८ लाख ६४ हजार, कार्यालय सहयोगी खर्च १ लाख ४४ हजार, अवलोकन भ्रमण खर्च २ लाख ५० हजार, काठ दाउरा संलकन (०७४।७५) खर्च ८ लाख ७० हजार ५ सय ५२, काठ दाउरा संलकन (०७५।७६) खर्च २३ लाख ९९ हजार १ सय ७५, प्लट सफाई खर्च ८ लाख ६४ हजार, अग्नी रेखा खर्च ७ लाख १४ हजार रकम बढि देखाई अडिट गरीएको छ । त्यस्तै आर्थिक वर्ष २०७६।७७ मा काठ दाउरा संकलन खर्च २३ लाख ४८ हजार २ सय २५, काठ दाउरा संकलन भुक्तानी दिनुपर्ने खर्च २३ लाख ९९ हजार १ सय ७५, बाटो निर्माणको भुक्तानी दिनुपर्ने खर्च २१ लाख ७६ हजार ५ सय ८, अद्दकज्ञ कटान मुछान खर्च ५ लाख ६७ हजार, अज्ञकज्ञ कटान मुछान खर्च २० लाख ७० हजार ७ सय ६५, प्लट सफाई खर्च २ लाख ४० हजार ९ सय ७५, तारबार लेबर खर्च ९९ हजार ७ सय ५०, वन हेरालुको तलब खर्च ४ लाख ३२ हजार, तार खरिद खर्च ३ लाख ४५ हजार ५ सय ३९, झाँडी सफाई खर्च २ लाख ३९ हजार ४ सय लगाएतका विभिन्न शिर्षकहरुमा अनियमितता गरेको आरोप छ । बनका कर्मचारी लगायतलाई दिदा अनियमितता देखिएको बनका पदाधिकारी बताउछन ।
