माहुरीहाेम द्वारा सुरक्षाकर्मीलाई स्वास्थ सामग्री हस्तान्तरण

कपिलवस्तु , असार १४ । माहुरी हाेम कपिलवस्तुले सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकाे छ ।
आज मधेश मानव अधिकार गृह (माहुरी हाेम)का अध्यक्ष रवि ठाकुरले इलाका प्रहरी कार्यालय बहादुरगंज र कृष्णनगरलाई मास्क , सेनेटाइजर , ह्यण्ड वास, पिपिई सेट ,स्प्रे लगायतका सामग्री हस्तान्तरण गर्नुभएकाे छ ।
मधेश मानव अधिकार गृह (माहुरी हाेम) ले काेराेनाकाे दाेस्राे लहरमा फ्रन्ट लाइनमा रहि कार्य संचालन गर्ने स्वास्थकर्मी, सुरक्षाकर्मीलाई विशेष ध्यानमा राखि सहयाेग हस्तान्तरण गर्दै आएकाे हाे । माहुरी हाेमले विभिन्न जिल्लाका स्थानीय तहमा मास्क बैंक संचालन , पानी ट्यांकी हस्तान्तरण लगायत आक्सिजन सिलिन्डर , निःशुल्क खाना-खाजा लगायत कन्सनट्रेटर र स्वास्थ्य सामग्री सहयाेग गर्दै आएकाे प्राेग्राम अफिसर दिनेश चाैधरीले बताउनुभयाे ।
Facebook Comments Box
