साझा प्रयास अभियानद्वारा दुई कन्सन्ट्रेटर हस्तान्तरण

सेयर गर्नुहोस

कपिलवस्तु , असार १४ । साझा प्रयास अभियान कपिलवस्तुले कृष्णनगर नगरपालिकालाई अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरेकाे छ ।
आज माहुरी हाेमका अध्यक्ष एवं साझा प्रयास अभियानका संयाेजक रवि ठाकुरकाे अगुवाईमा दुई वटा कन्सनट्रेटर नगरप्रमुख रजत प्रताप शाहलाई कपिलवस्तु क्षेत्र ३ का निवर्तमान सांसद अभिषेक प्रताप शाहले हस्तान्तरण गर्नुभएकाे छ ।
काेराेनाकाे दाेस्राे लहरमा साझा प्रयास अभियान कपिलवस्तुले आक्सिजन सिलिन्डर , निःशुल्क खाना-खाजा लगायत कन्सनट्रेटर र स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै आएकाे अभियानका काेषाध्यक्ष गाेपाल भण्डारीले बताउनुभयाे ।
संस्थाले जिल्लाका विभिन्न स्थानिय तहमा अक्सिजन कन्सनट्रेटर वितरण गर्दै आज कृष्णनगर नगरपालिकाकाे शिवराज अस्पतालमा सहयाेग गरेकाे हाे ।

Facebook Comments Box