“स्वास्थ्य जीवनका लागि याेग ” मूल नाराका साथ अन्तर्राष्ट्रिय याेग दिवस मनाइदै

सेयर गर्नुहोस


कपिलवस्तु , असाेज ७ । अन्तर्राष्ट्रिय याेग दिवसका दिन आज जिल्लाभरि विभिन्न कार्यक्रम गरि मनाइदै छ ।
अन्तर्राष्ट्रिय याेग दिवसका मुल आयाेजक समिति संयाेजक एवं प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेयकाे अध्यक्षता तथा जिल्ला आयुर्वेद अस्पतालकाे समन्वयमा सराेकारवालाबीच “स्वास्थ्य जीवनका लागि याेग ” मूल नाराका साथ आज भर्चुअल अन्तर्क्रिया कार्यक्रम गरिएकाे छ ।
कार्यक्रममा अस्पतालका प्रमुख डा.प्रवेश कुमार श्रीवास्तवले याेगकाे इतिहास ,महत्व तथा फाइदाहरुबारे जानकारी गराउनुका साथै याेग दिवसलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान पाउनु आयुर्वेदका लागि राम्राे पक्ष बताउनुभयाे । याेगले मानसिक , शारिरिक संतुलन बनाउनुका साथै राेगव्यधि तथा महामारीमा शरिरकाे प्रतिरोधक क्षमता पनि बढाउने हुनाले अहिले विश्व जगतकाे ध्यान केन्द्रीत गरेकाे डा. श्रीवास्तवकाे भनाई छ ।
त्यस्तै पतांजली याेग समिति कपिलवस्तुका संयाेजक कृष्ण मुरारी ज्ञवालीले याेग हाम्रा देवीदेवतादेखि नै हुँदै आएकाे पारम्पारिक व्यायाम हाे , भगवान शंकरकाे ध्यानमुद्रा र साधना पनि याेग कै स्वरुप थियाे र अहिले विश्वासजगत नै याेगलाई अनुसरण गरिरहेकाे बताउनुभयाे ।
आज जिल्लाकाे कृष्णनगर , शिवराज र यशाेधरा निराेग्य केन्द्रमा एकैसाथ याेगाभ्यास शिविर संचालन गरिएकाे थियाे ।
कृष्णनगर आराेग्य केन्द्रका संयाेजक नागेश्वर मिश्रले याेगले अहिलेकाे काेविड विरुद्ध अभियानमा महत्त्वपूर्ण भुमिका खेलेकाे बताउनुभयाे । आयुर्वेद र याेगले मानव शरिरकाे इम्युनिटि बढाउने , अक्सिजन लेवल सुधारलगायत विभिन्न पक्षमा नेपाल-भारत लगायत विश्वकै ध्यान केन्द्रित गराएकाे छ ।
जिल्ला आयुर्वेद अस्पताल र निराेग्य केन्द्रहरुले काेविड विरुद्धकाे इम्युनिटि बुष्ट गर्ने ओैषधि निशुल्क वितरण गर्दै आएकाे छ ।

Facebook Comments Box