दुई बन्दुकसहित जनावरलाई पासाे लगाउने जालाे बरामद
कृष्णनगर, असार ५। जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं. ८ लोहरौला बस्ने बर्ष ३२ को अस्लम मुसलमानको घरबाट १ कि.मी.उत्तर पुर्व पर्ने आफ्नै खेतमा रहेको फुसले छाएको कच्ची बाख्रा गोठमा हातहरियार लुकाई छिपाई राखेको सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय गणेशपुरबाट प्रनि रण बहादुर विष्टको कमाण्डमा खटिईएको टोली र ईलाका प्रहरी कार्यालय बहादुरगंजबाट प्रनानि गगन शाहीको कमाण्डमा खटिएको संयुक्त टोलीले खानतलासी गर्दा गोठको छानोको खरमुनि बोरा भित्र लुकाई छिपाई राखेको अवस्थामा १२ बोर बन्दुक २ थान,सर्टगनमा लाग्ने लाईभ कार्टिज (जंगी राउण्ड) ५ थान, सर्टगनको पड्किएको खोका ११ थान, अं.३०० ग्राम बारुद जस्तो देखीने कालो धुलो पदार्थ, ५७ वटा छर्रा र ३ वटा जनावरलाई पासो लगाउने जाल फेला पारी बरामद गरी अन्दाजी ३२ बर्षको को अस्लम मुसलमानको खोत तलास भईरहेको छ ।
