नगरपालिकाद्वारा आवश्यक सामग्री हस्तान्तरण

सेयर गर्नुहोस


कृष्णनगर , असार ४ । कृष्णनगर नगरपालिकाले आज एक कार्यक्रमका बीच अतिआवश्यक सामग्रीहरु हस्तान्तरण गरेकाे छ । नगरपालिकाले इलाका प्रहरी कार्यालय कृष्णनगर र सशस्त्र प्रहरी बल कृष्णनगर बिओपीलाई अफिस व्यवस्थापनका लागि ४ थान टेबल , ४ थान कुर्सी हस्तान्तरण गरेकाे छ भने विपद व्यवस्थापन एवं उद्धारका लागि सेफ्टी बेल्ट ,लाइफ ज्याकेट, गमबुट ,हेलमेट लगायतका अतिआवश्यक सामग्रीहरु हस्तान्तरण गरेकाे हाे ।
त्यसैगरि वडा २ मा पर्ने लक्ष्मीनारायण मन्दिर हालका लागि मारवाडी सेवा समितिका अध्यक्ष मनाेज कुमार कानाेडियालाई वडाध्यक्ष संजय कुमार गुप्ताले दुई थान एसी हस्तान्तरण गरेका हुन ।

Facebook Comments Box