झलनाथ खनालको वक्तव्यमा नेपाल समूहमा खैलाबैला !

सेयर गर्नुहोस
फाइल तस्बिर

काठमाडौं । थप उपचारका लागि दिल्ली उड्नुअघि नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले वक्तव्य जारी गर्दै पार्टीलाई फुटबाट जोगाउन अपील गरे ।

जनताको चाहना विपरीत देखिएको गलत प्रवृत्तिहरु, बदलाको भाव र अनावश्यक इगोका कारण पार्टी गम्भीर संकटमा पुगेको भन्दै उनले भनेका छन्, ‘….त्यसैले टुट–फुट र विभाजन होइन एकता गर्ने गराउने कार्यमा अगाडि बढौं भन्ने सबैमा आह्वान गर्न चाहन्छु ।

तर खनाल दिल्ली पुग्दा नपुग्दै एमालेमा खैलाबैला सुरु भयो । खनालको वक्तव्यलाई अध्यक्ष केपी शर्मा ओली पक्षले ‘हर्षबढाइँ’कै शैलीमा प्रचार गरे भने खनाल आवद्ध भएको माधवकुमार नेपाल समूहका कतिपय नेताले शंकाभाव देखाए ।अनलाइनखबर

Facebook Comments Box