लुकाइ राखेकाे अवैध काठ बरामद

धर्मेंद्र चौधरी
विजयनगर /असार २ । लुकाइ राखेको अवस्थामा प्रहरीले अवैध भारतीय जंगली काठ बरामद गरेको छ ।
कपिलवस्तु जिल्लाकाे विजयनगर गाउँपालिका ७ गेडुवाजोत बगैचामा लुकाएर राखेएको अवस्थामा ६५.४४ कयुफिट अवैध काठ बिहान गणेशपुर प्रहरीले बरामद गरेकाे छ । नेपाल-भारत सीमा क्षेत्रमा काे जंगलबाट दिनहुँ अवैध शिसम, टिकका काठ तस्करी हुँदै आएकाे छ । सुराकीकन आधारमा प्रहरी चैाकी ठकुरपुरबाट खटेकाे टाेलीले दुई लाख उनन्तीस हजार बराबरकाे काठ गाेलिया बरामद गरेकाे प्रहरीले जनाएकाे छ ।
नेपाल -भारत सीमा दर्जनौ काठ मिल र फर्निचर उद्योगहरु रहेकोले अवैध काठ जंगलबाट कटान गरि तस्करहरुले दिनहु भित्रियाउने गरेकाे स्राेतले जनाएकाे छ ।
तस्करहरुले भारतीय जंगलबाट नदीकाे किनारा हुँदै नेपालका सिमा नजिकका गाउंमा राति काठ गोलीयहरू चाेरी निकासी गरेर लुकाउँछन र बिहानै काठ उद्याेगहरुसम्म पुर्याउछन ।
