भन्सार कर्मचारीकाे लापरबाही ,स्टिल कम्पनीकाे बिलेट गाडी लाखाैंकाे भन्सार छलि नेपाल प्रवेश
तीनवटा चेकप्वाइन्टपछि सशस्त्र प्रहरीले बरामद गर्याे
अंकुश श्रीवास्तव
कपिलवस्तु ,असार २ । कृष्णनगर भन्सार कर्मचारी कै आँखा अगाडिबाट राजस्व छली प्रवेश गरेकाे ८२ लाख बराबरको फलाम बिलेट लाेड गाडी सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
फलामकाे छड बनाउन प्रयोग हुने एम एस बिलेट लाेड रहेकाे यु पी ५३ सी टी २११९ भारतीय नम्बरको ट्रेलर गाडी भन्सार छलि नेपाल प्रवेश गरेकाले पक्राउ गरिएकाे छ।
कृष्णनगर भन्सार कर्मचारीकाे लापरबाहीका कारण विजया स्टिल प्रा.लि.काे ३४.४ मेट्रिक टन विलेट बाेकेकाे लाखौंकाे भन्सार छलि गरेकाे ट्रेलर नेपाल प्रवेश गरिसकेकाे अवस्थामा पक्राउ गरिएकाे छ ।
कृष्णनगर भन्सार कार्यालयबाट मालवाहक गाडी भन्सारपछि राजस्व गस्तीका लागि खटेका सशस्त्र प्रहरीले गाडी चेकजाँच गर्छन त्यसपछि ट्राफिक प्रहरीले भारतीय गाडीहरु इन्ट्री गर्छन र इलाका प्रहरी कार्यालय कृष्णनगरकाे चेकपाेष्टमा पनि गाडीकाे प्रज्ञापन पत्र चेक गरि इन्ट्री गर्ने गरिन्छ । तर बिलेड लाेड भएकाे ट्रककाे प्रज्ञापन कुनै चेकबिटमा चेकजांच गरिएन र गाडी पुग्याे बिओपी कृष्णनगर चेक पाेष्टमा । चेकपोस्टमा सशस्त्र प्रहरी कै ड्युटीमा खटेका जवानहरुले ट्रेलरकाे ड्राइभर भारतको वरीयातपुर कुशिनगर बस्ने वर्ष ३४ को सन्जय कुमार कुशवाह र सहचालक वर्ष २४ को अंगद कुमार कुशवाहसंग प्रज्ञापनपत्र मागेपछि नभेटाएर गाडीलाई नियन्त्रणमा लिएर भन्सार चलान गरियाे ।
सशस्त्र प्रहरी बल २८ नम्बर हेड क्वाटरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक धुव्र बहादुर कार्कीले विओपि कृष्णनगरले कृष्णनगर नगरपालिका वडा नं. २ विद्युत प्राधिकरण कृष्णनगर अगाडि रहेको चेक पोष्टमा मालसहित गाडी र दुवै चालक भन्सार पठाइएकाे जानकारी दिनुभएकाे छ ।
भन्सार कार्यालय प्रमुख जनार्धन पौडेलका अनुसार गाडी चालक नया भएको कारणले भन्सार गर्ने ठाउँ नजानेर भित्रिएको हुनसक्ने बताउनुभयो । विलेट लिएर आएका चार पांच वटा ट्रेलर गाडी सँगै छिरेको र गेटमा बस्ने कर्मचारी झुक्किएर थाहा नपाएको भन्सार प्रमुख पाैडेलले बताउनुभयो । पक्राउ गरिएको मालसमानबारे अनुसन्धान गरि दाेषीलाई कार्यावाही गरिने पौडेलले बताउनुभयो ।
कृष्णनगर भन्सार नाका मै चार वटा सिसि क्यामेरा छन र चार ठाउँमा चेकप्वाइन्ट छन तर मुख्य नाका हुँदै राजस्व छलि हुने तथ्यले सुरक्षा र भन्सार दुवैलाई शंकाकाे घेरामा खडा गरेकाे छ ।
निषेधाज्ञाको मौकामा भारतमा महंगाे पेट्रोलियम तेल ती ट्रेलर गाडी अतिरिक्त टंकी जाेडेर नेपालका पेट्रोल पम्पबाट नाका हुदै भारत तस्करी गरिरहेकाे र भन्सार कार्यालयका कर्मचारी अगाडिबाट मालवाहक गाडी बिना भन्सार नेपाल भित्रिनु लापरबाही नै देखिन्छ ।
