हिन्दु स्वयंसेवक संघ र सेवा इन्टरनेशनलको सहयोगमा खाद्यान्न वितरण

सेयर गर्नुहोस

२०७८ जेठ २७,कपिलवस्तु
कोभिड महामारीमा हातमुख जोर्न गार्हो परेका विपन्न परिवारलाई सेवा ईन्टरनेशनलको सहयोगमा हिन्दु स्वयंसेवक संघको समन्वयमा कपिलवस्तुको महराजगंजमा राहत खाद्यान्न वितरण भएको छ।
समुदायका एकसय गरिव परिवारलाई चामल, दाल, तेल नुन, सोयाबीन लगायतको खाद्यान्न बितरण भएको हो। हिन्दु स्वयंसेवक संघका सम्पर्क बिभाग प्रमुख डा. विनय पाण्डेय , संघका पदाधिकारीहरु बासुदेव चौधरी , दिलिप चौधरी , भानु चतुर्वेदीको सकृयतामा बितरण कार्यक्रम समपन्न भएको छ।
सेवा ईन्टरनेशनलले हिन्दु स्वयंसेवक संघ मार्फत नेपालको विभित्र जिल्लामा स्वास्थ सामग्री तथा खाद्यान्न बितरण गर्दै आएको छ।

Facebook Comments Box