रहेनन् पूर्वसांसद मङ्गल चाचा

सेयर गर्नुहोस

कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता तथा कपिलवस्तु क्षेत्र नं. ३ का पूर्व सांसद मङ्गलप्रसाद गुप्ता (मङ्गल चाचा)को उपचारका क्रममा निधन भएको छ।

भारतको दिल्लीस्थित मेदन्ता अस्पतालमा उपचाररत रहेका गुप्ताको लगभग ८० वर्षको उमेरमा हृदयघातका कारण निधन भएको पारिवारिक सदस्य गोपाल चन्देलले बताउनुभएको छ । पुर्व सांसद गुप्ता केही समयदेखि मुटु रोगबाट पीडित थिए।

थप उपचारका लागि उनलाई भारत को दिल्ली
लगिएको थियो। तर उपचारकै क्रममा अचानक हृदयघात भएपछि चिकित्सकहरूले मृत घोषणा गरेका हुन्।

पूर्व सांसद गुप्ताको निधनसँगै कपिलवस्तु जिल्लासहित समग्र राजनीतिक तथा सामाजिक क्षेत्रमा शोकको वातावरण छाएको छ। सरल, मिलनसार र जनप्रिय नेताका रूपमा परिचित गुप्ता लामो समयदेखि राजनीतिक तथा सामाजिक सेवामा सक्रिय रहँदै आएका थिए।

उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कपिलवस्तु क्षेत्र नं ३ बाट सांसद निर्वाचित भएका थिए । उनी पञ्चायतकालदेखि बहुदलीय व्यवस्था हुँदै संघीय लोकतान्त्रिक गणतन्त्र आउँदासम्म पनि सक्रिय राजनीतिमा आफ्नो भागीदारी दिँदै आएका थिए।उनको निधनप्रति विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, समाजसेवी तथा शुभेच्छुकहरूले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। उनको गृहनगर कृष्णनगरमा आफन्त नगरवासी व्यापारी समेत सोकाकुल भएका छन्।

Facebook Comments Box