विश्व वातावरण दिवस २०८३ अवसरमा गोबराहा सामुदायिक वनमा भव्य वृक्षारोपण कार्यक्रम सम्पन्न
चन्द्र कान्त चौधरी लहान जेष्ठ २३। “Inspired by Nature. For Climate. For Our Future.” तथा “प्रकृतिबाट प्रेरित। जलवायुको लागि। हाम्रो भविष्यको लागि।” भन्ने मूल नारासहित विश्व वातावरण दिवस २०८३ का अवसरमा गोबराहा सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा वृक्षारोपण तथा वातावरणीय सचेतनामूलक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु परिवर्तनबारे जनचेतना अभिवृद्धि गर्नु रहेको थियो।
कार्यक्रम गोबराहा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष धर्म नारायण चौधरी को अध्यक्षतामा सम्पन्न भएको हो।
प्रमुख अतिथि डिभिजन वन कार्यालय सप्तरीका प्रमुख सुभास चन्द्र दास रहेका थिए।
विशिष्ट अतिथि खडक नगरपालिकाकी उपप्रमुख रिता चौधरी ,वडा नं. ४ का वडा अध्यक्ष गङ्गा राम चौधरी ,जिल्ला वन महासंघ नेपालका अध्यक्ष देव नारायण साह ,नगर वन महासंघका अध्यक्ष सूर्य नारायण चौधरी,कल्याणपुर सब डिभिजन वन कार्यालयकी प्रमुख पिंकी मेहता,रेन्जर सुधन गैरे लगायत विभिन्न संघ–संस्था तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा इलाका प्रहरी कार्यालय कडरबोनाका प्रतिनिधि, बुद्धिजीवी तथा स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो।उपस्थित प्रमुख व्यक्तित्वहरूमा दहन लाल चौधरी, सबुर लाल चौधरी, मो. कलिम मिया, उपेन्द्र चौधरी, गौतम चौधरी, देवकान्त चौधरी, चन्द्रकान्त चौधरी, हाजी इद्रिस मिया, मो. सद्रुल मिया, श्याम प्रसाद चौधरी, योगेन्द्र चौधरी लगायतको सक्रिय सहभागिताले कार्यक्रमलाई प्रभावकारी बनाएको थियो।
कार्यक्रमको स्वागत मन्तव्य गोबराहा सामुदायिक वन उपभोक्ता समूहका सचिव भोला प्रसाद चौधरी ले गरेका थिए।
उनले वन संरक्षण, सामुदायिक सहभागिता र दिगो विकासका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै वातावरण संरक्षणलाई निरन्तर अभियानका रूपमा अघि बढाउनुपर्ने बताए।कार्यक्रमको सञ्चालन प्रमोद थारु ले गरेका थिए। उनले सहज र प्रभावकारी उद्घोषणमार्फत कार्यक्रमलाई अनुशासित रूपमा सञ्चालन गरेका थिए।
कार्यक्रमका अवसरमा समाज तथा वातावरण संरक्षणमा योगदान पुर्याउने तीन व्यक्तित्वलाई सम्मान गरिएको थियो।रमाइन कुमारी चौधरी ,निर्मला कुमारी सरदार ,शिव नारायण दास ताती उनीहरूलाई दोसल्ला, सम्मानपत्र तथा पुरस्कार प्रदान गर्दै योगदानको उच्च कदर गरिएको आयोजकले जनाएको छ। कार्यक्रमको मुख्य आकर्षण वृक्षारोपण अभियान रहेको थियो। यस अवसरमा कुल ७१५ वटा बिरुवा रोपिएको छ।६०० आँप ,५० लिची ,५० कागती ,२५ अनार ,१५ मेवा
वृक्षारोपणमार्फत वातावरणीय सन्तुलन कायम गर्ने, हरियाली विस्तार गर्ने र जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने लक्ष्य लिइएको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले जलवायु परिवर्तनको बढ्दो असर, वन विनाश रोकथाम, हरियाली विस्तार तथा सामुदायिक वनको भूमिकाबारे जोड दिएका थिए।
उनीहरूले वातावरण संरक्षणलाई केवल सरकारी जिम्मेवारी नभई प्रत्येक नागरिकको साझा दायित्व भएको स्पष्ट पारे।कार्यक्रम सफलतापूर्वक सम्पन्न भएसँगै गोबराहा सामुदायिक वन क्षेत्र वातावरणीय चेतना, हरियाली प्रवर्द्धन र सामुदायिक सहभागिताको उदाहरणीय स्थलका रूपमा स्थापित भएको सहभागीहरूले बताएका छन्।
