रास्वपा महाराजगन्ज नगर सभापतिमा ओमकार शुक्ला चयन, १५ सदस्यीय समिति गठन

सेयर गर्नुहोस

​महाराजगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाराजगन्ज नगर अधिवेशन गत १७ गते भव्य रूपमा सम्पन्न भएको छ। उक्त अधिवेशनबाट ओमकार शुक्लाको अध्यक्षतामा १५ सदस्यीय महाराजगन्ज नगर कार्य समिति सर्वसम्मत रूपमा गठन गरिएको छ।

​अधिवेशनबाट नयाँ कार्य समिति चयन भएको र पदाधिकारीहरू सर्वसम्मत रूपमा चुनिएको जानकारी नवनिर्वाचित सहसचिव समिम मुसलमानले दिनुभएको छ।

​सहसचिव मुसलमानका अनुसार नयाँ कार्य समितिका मुख्य पदाधिकारीहरू यस प्रकार रहेका छन्:

नगर सभापति: ओमकार शुक्ला

​नगर उपसभापति: दिनेश हमाल

​सचिव: प्रभुनाथ कुर्मी

​सहसचिव: समिम मुसलमान

​पदाधिकारी सहित १५ सदस्यीय नगर कार्य समितिले अब महाराजगन्जमा पार्टीको संगठन विस्तार र स्थानीय एजेन्डाहरूमा केन्द्रित भएर काम गर्नेछ।

​नवनिर्वाचित नेतृत्वले महाराजगन्ज नगरभित्र रास्वपाको संगठनलाई सुदृढ बनाउँदै, स्थानीय नागरिकका समस्या, सुशासन र विकासका मुद्दाहरूलाई सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेको छ। अधिवेशनमा पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

Facebook Comments Box