होटलमा भइरहेको अनैतिक गतिविधिलाई कारबाहीको माग

सेयर गर्नुहोस
कपिलवस्तु । जिल्लाको कृष्णनगर उद्योग वाणिज्य सङ्घले बजारभित्रका होटलहरूमा भइरहेको अनैतिक गतिविधि रोक्न र संलग्न जो कोहीलाई कारबाहीको माग गरेको छ। 

उद्योग वाणिज्य सङ्घ कृष्ण नगरको कार्यसमितिले आज बैठक बसी स्थानीय होटलहरूमा भइरहेका यौनजन्य गतिविधि लाई रोकी आवश्यक कारबाही गर्न प्रहरीलाई विज्ञप्ति मार्फत ध्यानाकर्षण गराएको छ।
हिजो साँझ ६ बजे विशेष सूचनाको आधारमा कृष्णनगर उद्योग वाणिज्य सङ्घ का अध्यक्ष रितेश शर्मा लगायत कार्यसमितिका सदस्य तथा नेपाल प्रहरी टोली ले कृष्णनगर १ मा रहेको होटल सेन्चुरीमा छापा मार्दा केही केटी- केटाहरूका साथै होटल को डस्टबिनमा कन्डोम समेत फेला परेको थियो। सो होटलमा अनैतिक गतिविधि भइरहेको सूचना पाएपछि पुगेको उद्योग वाणिज्य सङ्घ र प्रहरीको टोलीले तीनजना केटी र केही केटाहरूलाई समातेर आवश्यक कारबाही को लागि इलाका प्रहरी कार्यालय कृष्णनगरमा लागेको छ। यौन व्यवसायमा संलग्न होटलहरूलाई कारबाही गर्न होटल व्यवसायी सङ्घका अध्यक्ष शिव घिमिरेले पनि माग गर्नुभएको छ। उद्योग वाणिज्य संघ कृष्णनगर कार्यालय मा संघ का पदाधिकारी तथा होटल व्यवसायी सङ्घ पदाधिकारीको संयुक्त बैठक यौनजन गतिविधि रोक्न निर्णय गरी विज्ञप्ति मार्फत नेपाल प्रहरीलाई ध्यानाकर्षण गराएको छ।

Facebook Comments Box