बरामद अवैध घरेलु मदिरा प्रहरीले नष्ट गर्यो, एक लाखको सामग्री भन्सार चलान

सेयर गर्नुहोस


रंजित चौरसिया,वीरगंज २९ भदौ। वडा प्रहरी कार्यालय श्रीपुर वीरगंजले ९ सय ५० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको प्रहरी टोलीले भदौ २८ गतेका दिन बीरगंज महानगरपालिका वडा न.२३ प्रसौनिबिर्ता पुग्दा केही मानिसहरुले बीरगंजको बिभिन्न स्थानमा ल्याई बिक्री बितरण गर्ने उद्देश्यले लिएर आईरहेको क्रममा पक्राउ गरिएको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ । बरामद गरिएको घरेलु मदिरा स्थानिय वासीन्दा, जनप्रतिनिधिको रोहबरमा आज नष्ट गरिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक दिपक साहले बताए । त्यसैगरी भारतबाट नेपाल तथा नेपाल बाट भारत तर्फ चोरी निकासी गर्न लागेको विभिन्न सामाग्रीहरु बरामद गरी भन्सार चलान गरेको छ । विभिन्न मिति र समयहरुमा मटर २५ किलोको दरले २० बोरा, खाने तेल ३६ लिटर, डालडा १५ लिटर, साबुदाना ३० किलो, सेम्पु १ कार्टुन, राजनिवास १ बोरा, सर्फ १५ किलो लगायत हार्डवेयरको सामग्रीहरु बरामद गरी आजै वीरगंज भन्सार कार्यालय चलान गरेको प्रहरी निरिक्षक साहले बताए । सो सामग्रीको मुल्य १ लाख रुपैया बराबरको रहेको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ ।

Facebook Comments Box