मन्दिरकाे बजेट अन्तै गाभेकाेप्रति हिन्दु संगठनकाे विराेध

सेयर गर्नुहोस


कपिलवस्तु , भदाैं २८ ।
कपिलवस्तुको शिवराज नगरपालिकाले मन्दिरकाे बजेट मनोमानी रुपमा काटेर अन्तै गाभेकाेप्रति हिन्दु संगठनहरुले ज्ञापन पत्र बुझाएका छन ।
कपिलवस्तुमा रहेकाे नरसिंह हिंन्दु नेपाल जिल्ला कमिटी र शिवराज नगरपालिका ५ चन्द्रौटामा रहेको महाकाल सामाजिक संस्थाले संयुक्त रुपमा शिवराज नगरपालिकाकी उपप्रमुख शिव कुमारी थारुलाई ज्ञापनपत्र बुझाइएको नरसिंह हिंन्दु नेपाल का अध्यक्ष भुवन कुमार मिश्रले जानकारी दिएका छन् ।
जिल्लाको शिवराज नगरपालिका ८ विसनपुरकाे देविपुरमा रहेको दुर्गा मन्दिरका लागी छुट्याइएको बजेट सो सोही स्थानमा निर्माण हुन लागेको प्रहरी चौकिलाई दिइएको भन्दै मन्दिरको बजेट मन्दिरमै लगानी लगाउन नगरपालिककाे ध्यानाकर्षण गराइएको महाकाल सामाजिक संस्थाका अध्यक्ष धर्मराज विश्वकर्माले बताएका छन । ज्ञापनपत्र बुझ्दै नगर उप प्रमुख थारुले यस बारेमा थप छलफल भईरहेको जनाएकी छिन ।

Facebook Comments Box