लकडाउन हट्नेबित्तिकै शुरु भयाे गाेरु तस्करी

सेयर गर्नुहोस


लकडाउन हट्नेबित्तिकै शुरु भयाे गाेरु तस्करी
कृष्णनगर, साउन १० । लकडाउनका कारण राेकिएकाे गाेरु ,भैसी तस्करी खुलेकाे दाेस्राे दिनदेखि शुरु भएकाे छ ।
गाेप्य सुराकीकाे अाधारमा बहादुरगंज इलाका प्रहरी कार्यालयकाे टाेली शुक्रबार राति ८ बजे हुलाकी राजमार्गमा पर्न देवानगढिया गाउँ गस्ती गर्ने क्रममा भारतबाट अवैधरुपमा भित्रिएका भैसीहरु बरामद गरेकाे छ। कुल दुई लाख बराबरका २० वटा भैंसी र पाडालाई अाज प्रहरीले भन्सार पठाइसकेकाे नप्रनि धर्मराज भण्डारीले जानकारी गराउनुभएकाेे छ। तस्करहरु नेपाल-भारतकाे खुला सिमानाकाे फाइदा उठाउदै सुरक्षा निकायलाई चुनाैती दिई बिना क्वारेन्टाइन नेपाल भित्रिन्छन तथा बहादुरगंजकाे साेमवरिए बजारबाट पशु अाेसारपाेसार गर्न चाहिने सबै कागजातहरु उपलब्ध गराउने ऐजेन्ट मार्फत साेही सांझ ट्रकमा लाेड भई काठमाडौं ,पाेखरा लगायतका ठाउंमा जाने गरेका छन। काेराेना संक्रमणले गर्दा गरिएको लकडाउनले केहीदिन गाेरु तस्करी सुस्त भएपनि अहिलेफेरि शुरु भएकाले सुरक्षाकर्मीलाई थप चुनाैती बढाएकाे छ।

Facebook Comments Box