अांखा अस्पतालद्वारा पचहत्तर हजार बराबरकाे राहत स्थानान्तरण
कृष्णनगर, चैत्र ३० । नेत्र ज्याेति संघकाे सहयाेगमा अांखा अस्पताल बहादुरगंजले कृष्णनगर नगरपालिका राहत व्यवस्थापन काेषमा पचहत्तर हजार बराबरकाे रकम हस्तान्तरण गरेकाे छ ।
काेराेना संक्रमण राेकथामका लागि चैत्र ११ गतेदेखि नेपाल सरकारद्वारा गरिएकाे लकडाउनका कारण दैनिक ज्यालादारी मजदुरहरुमा दैनिक छाक टार्न समस्या देखा परेकाले छन्द कालेबाबु नारायणी अांखा अस्पताल बहादुरगंजले कृष्णनगर नगरपालिकालाई नेरु ७४४५०।- रकम बराबरकाे राहत स्थानान्तरण गरिएकाे प्रमुख निर्देशक बिष्णु खड्काले जानकारी दिनुभएकाे छ। कुल ११ क्वीन्टल चामल,१५० केजी दाल,५० लिटर तेल,१ क्वीन्टल चिनी,३ सय पीस साबुन र ५० केजी नुन स्थनिय तह राहत काेषमा जमा गरिएकाे हाे । राप्ती अांखा अस्पताल दांगकाे नेपालभरिमा रहेका शाखा अस्पतालहरुले अवस्थित स्थानिय तहमा राहत वितरण गरेकाे अाैषधि व्यवसायी नसरुल्लाह खांले बताउनुभयाे ।
नगरपालिकाभित्र र बाहिरका संघसंस्थाहरुले याे संक्रमणकाे समयमा हातेमालाे गरि गरिब ,विपन्न, असहाय, दैनिक ज्यालादारीका मजदुर ,अशक्त र पिछाडिएका समुदायलाई सहयाेगमा सहभागिता जनाउनु नगरप्रमुख रजत प्रताप शाहले अाग्रह गर्नुभयाे ।

