बकैयामा स्यानिटरी प्याड खरिदमा ‘कमिसनको खेल’, १२ लाख २१ हजार रुपैयाँ बढी भुक्तानी

सेयर गर्नुहोस

मकवानपुर – मकवानपुरको बकैया गाउँपालिकामा विद्यालयका किशोरी र महिला शिक्षकले प्रयोग गर्नका लागि खरिद गरिएको स्यानिटरी प्याडमा पनि कमिसनको खेल रहेको पाइएको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा सङ्घीय सरकारबाट प्राप्त रकमबाट स्यानिटरी प्याड खरिद गर्दा अनियमितता भएकोमा महालेखा परीक्षकको कार्यालयले प्रश्न गरेको छ । स्यानिटरी प्याड खरिदमा गाउँपालिकालाई नोक्सान हुने गरी १२ लाख २१ हजार ६१ रुपैयाँ बढी भुक्तानी दिएको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

बकैया गाउँपालिकाले बोलपत्रमार्फत खरिद गरेको स्यानिटरी प्याड र सोझै खरिद गरेको स्यानिटरी प्याड खरिदमा बढी रकम भुक्तानी गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । बकैयाँका विद्यालयमा अध्ययनरत छात्रा महिनावारी हुँदा प्रयोग गर्ने स्यानिटरी प्याड खरिदमा पनि प्रतिप्याकेट दुई सय ४० रुपैयाँ बढी रकम गाउँपालिकाले भुक्तानी गरेको जनाएको छ ।

सर्वसुलभ रूपमा प्राप्त गर्ने स्यानिटरी प्याड गाउँपालिकाले सोझै पहिले खरिद गर्दा प्रतिपिस १० रुपैयाँमा खरिद गरेकोमा दरभाउ कर्ताले प्रतिपिस ४० रुपैयाँ कबोल गरेकोमा त्यही सामान खरिद गरेकोमा महालेखाले प्रश्न उठाएको हो ।

Facebook Comments Box