भन्सार छली ल्याएको सामान र ट्रकसहित कलंकीबाट एकजना पक्राउ

सेयर गर्नुहोस

काठमाडौं । प्रहरीले भन्सार छलि ल्याएको करिब १५ लाख रूपैयाँ बराबरको बिभिन्न प्रकारका कपडा तथा जुत्ताहरु काठमाडौं महानगरपालिका–१४ कलंकीबाट बरामद गरेको छ ।

भन्सार छलि ल्याएका कपडा तथा जुत्ताहरु ना.६ ख ४३ नम्बरको ट्रकमा थानकोटबाट कलंकी तर्फ आउँदै गर्दा प्रहरी वृत्त कालिमाटी र प्रहरी प्रभाग कलंकीबाट खटिएको संयुक्त प्रहरी टोलीले समातेको हो ।

सामानसँगै ट्रकका चालक चितवन कालिका नगरपालिका–१ घर भएका २८ वर्षीय तस्विर तामाङलाई पनि बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका तामाङ, बरामद सामान र ट्रकलाई थप अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरण काठमाडौं पठाइएको छ ।

Facebook Comments Box