शिवराजमा राप्रपाका उम्मेदवार : मेयरमा शाह, उपमेयरमा चौधरी

राष्ट्रिय प्रजातन्त्र पार्टीले शिवराज नगरपालिकाका उम्मेदवारहरु छनोट गरेको छ । सोमवार चन्द्रौटामा पार्टी कार्यालयको उद्धघाटन कार्यक्रमको अवसरमा मेयर पदमा सइद अहमद शाह र उपमेयरमा विपसा चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
राप्रपा लुम्बिनी प्रदेश कोषाध्यक्ष रहेका शाहले आफ्नो एकल नाम सिफारिस भएकोले निर्वाचनमा सबैको सहयोग हुने बताउनुभयो । उहाँले मेयर पदको उम्मदेवारी घोषणा गर्दै अन्य पार्टीलाई पटक पटक हेरेको भएपनि एक पटक राप्रपालाई जिताउन अपिल गर्नुभयो ।नगरको विकास गर्ने योजना आफु सग रहेकोले केहि दिनमै घोषणा पत्र सार्वजनिक गर्ने शाहले बताउनुभयो ।
राप्रपा प्रति नागरिकहरुको आर्कषण बढि रहेको र आफुले नेत्तृत्व गरेर शिवराजमा हुने निर्वाचनमा आफु लागि पर्ने बताउनुभयो । त्यस्तै उपमेयरकम विपसा चौधरीको नाम सिफारिस भएको छ । एकल नाम सिफारिस भएकोले उम्मेदवारी नै घोषणा गरिएको हो । नगरवासिहरुको चाहाना अनुसार विकास हुने भएकोले मतदान गरि निर्वाचित गराउन चौधरीले अपिल गर्नुभयो ।
