कपिलवस्तुको शिवराजमा ब्युटिपार्लर र मोबाईल तालिम सुरु

सेयर गर्नुहोस

कपिलवस्तु– कपिलवस्तुको शिवराज नगरपालिकामा ३ महिने ब्युटिपार्लर तथा मोबाईल मर्मत तालिम सुरु भएको छ ।

शिवराज नगरपालिकाको आर्थिक सहयोग तथा गुरुकुल टेक्निकल क्लेज रुपन्देही प्रालिको आयोजनामा ब्युटिपार्लर र ग्लोबल कलेज अफ इन्जिनियरिङ टेक्नोलोजीको आयोजनामा चन्द्रौटामा मोबाइल तालिम सुरु भएको हो ।

ब्युटीपार्लर तथा मोबाइल तालिम उद्घाटन समारोहलाई सम्बोधन गर्दै शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले अहिलेको आधुनिक युगमा सिपको आवस्यकता रहेकोले नगरपालिकाबाट सीप विकासको लागि बजेट बिनियोजन गरेको बताउनु भयो ।

कार्यक्रम लैङ्गकि समानता तथा सामाजिक समाबेशिकरण अन्तर्गत ११ वटै वडाबाट युवा युवतीको सहभागीतामा तालीम सुरु गरिएको नगर प्रमुख अधिकारीले बताउनु भयो ।

शिवराजका युवा युवतिलाई सीपमा दक्ष बनाई स्वरोजगार बनाउने उदेश्यले तालिमको आयोजना गरिएको शिवराज नगरपालिका १ का अध्यक्ष जगत बहादुर जिसीले बताउनु भयो ।

सीप सिकेरआम्दानी बढाउनका लागि यो तालिम अती आवश्यक भएको अध्यक्ष जिसिको भनाई रहेको थियो ।

तालिमको उदघाट्न सत्रमा शिवराज २ का वडा अध्यक्ष राम बहादुर चौधरी, ५ का अध्यक्ष अर्जुन बहादुर पाण्डेको अतिथ्यता रहेको कार्यक्रम संयोजन अनिल अधिकारीले जानकारी दिनुभयो ।

फागुन ३ गते देखि सुरु भएको तालिम २०७९ को जेठ ३ गतेसम्म सन्चाल्न हुनेछ । शिवराजका ७० जना युवायुवतीले तालिम लिनेभएका छन ।

ब्युटिपार्लरको प्रशिक्षकमा सावित्रा लम्साल, मोबाइल प्रशिक्षकमा महेश पौडेलले तालिम दिने कार्यक्रम संयोजक अधिकारीले बताउनुभयो ।

Facebook Comments Box